"सवारी दुर्घटना"दुईको मृत्यु, ४ घाइते

http://sindhulidarpan.blogspot.com/2013/03/accident_6.html
नेपालगञ्ज,फागुन २३ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको महादेवपुरी गाविस ७ ओभरीमा आज बिहान सवारी दुर्घटनामा हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट नेपालगञ्ज आइरहेको ना ४ ख २५५१ नंबरको बस से १ त ३६२२ नंबरको टेक्टरसँग ठोक्किएर दुर्घटना भएको हो । ज्यान जानेमा १ महिला र १ पुरुष भएपनि मृतकको सनाखत भने हुन सकेको छैन ।
घाईते हुनेहरुमा डोटी कपालीका २८ वर्षिय लोकबहादुर दडिमाना, गुलेरिया १, बर्दियाका ३८ वर्षिय भिरबहादुर अधिकारी, कोहलपुरका ट्याक्टरका सहचालक नवराज बस्नेत, बारा अमलेखगन्जका बस चालक बलराम तिमिल्सिना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाईतेहरुको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !