नेपाल बन्दको प्रतिकार, झडपमा दुई बन्दकर्ता घाईते

http://sindhulidarpan.blogspot.com/2013/03/fight.html
राजविराज, फागुन २३ ।
वजार बन्द गराउँदै हिडेका संयूक्त क्रान्तिकारी मोर्चाका कार्यकर्ता र स्थानीयवासीवीच बुधवार राजविराजमा झडप भएको छ । झडपका क्रममा दुई आन्दोलनकारी सामान्य घाईते भएका छन् । बन्दको प्रतिकार गर्ने क्रममा २ बन्दकर्तालाई हातपात गरेपछि तनाव उत्पन्न भएको हो ।
नेकपा–माओवादीसहित साना वामपन्थी दलहरुले आह्वान गरेको बन्द सफल बनाउन हिँडेका कार्यकर्ताले जवर्जस्ती पसल बन्द गर्न दवाव दिएपछि आफूहरु प्रतिकारमा उत्रिएको स्थानीयको भनाई छ । बन्दलाई सहयोग गर्न आग्रह गर्ने क्रममा आफूहरु माथि एक्कासि आक्रमण भएको दाबी गरेका छन् । झडप पछि स्थानीय व्यापारीले बन्दको विरोधमा नाराजुलुसहित नगर परिक्रमा समेत गरेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !