नेपाल बन्दको समय सकियो, दिनभर जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/03/news_6.html
काठमाण्डौ,फागुन २३ ।
नेकपा–माओवादीसहितका दलहरुले गरेको नेपाल बन्द अघि साँझ ५ बजे सकिएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने ठूला राजनीतिक दलको सहमतिविरुद्ध विभिन्न दलहरुले आज साँझ ५ बजेसम्म नेपाल बन्द गरेका हुन् । बन्दका कारण दिनभर राजधानीसहित देशभरको जनजीवन प्रभावित भयो ।
बिहानैदेखी बजार पसल बन्द रहेका छन् भने सवारी साधन पनि चलेका छैनन् । बन्दकर्ताहरु चोकचोकमा बसेर नाराबाजी गरिरहेका छन् । बन्दमा नेकपा एकीकृत, मातृका यादव नेतृत्वको (नेकपा माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, लिम्बुवान राज्यपरिषदको पनि समर्थन रहेको जनाइएको । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा, प्रधानमन्त्रीको राजिनामा,जनसंविधान लगायतको माग गर्दै बन्दको आह्वान गरेको जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !