बाली तथा पशुपंछी बिमा कार्यक्रम सिन्धुलीमा कार्यान्वयन भएन


पोष्टराज पहाडी,
सिन्धुली,फागुन २३ ।
नेपाल सरकारले गत माघ १ गतेबाट देशैभर बाली तथा पशुपंछीको विमा गर्ने निर्णय गरेपनि सिन्धुलीमा भने २ महिना वित्न लाग्दासमेत यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले विमा कार्यक्रम लागु गरेपनि कार्यविधि र बजेट नआउदा सिन्धुली जिल्लामा यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुको भनाई छ ।
अहिलेसम्म बिमाको लागि कार्य विधी नआएकोले बाली बिमा गर्ने काम नभएको जिल्ला कृषी विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख सुजन अंमगाईले बताउनु भयो । यसैगरि कार्यविधि सहित सरकारले बिमांकको लागि दिने भनेको ५० प्रतिशत रकम नआउदा बाली तथा पशुकोे बिमा गर्ने काम अगाडी नबढेको पशु सेवा कार्यालय सिन्धुलीका तेज विक्रम थापाकोे भनाई छ । किसानले पशुपन्छीको बिमा गर्दा मूल्यांकन भएको मूल्यको ५ प्रतिशत बिमांक रकम तिर्नुपर्ने निति रहेको छ ।

Related

प्रमूखखबरहरु 6925122796040478117

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item