प्रमुख चार शक्तिको बैठक अन्यौलमा


काठमाण्डौ,फागुन २४ ।
सहमति हुन बाँकी रहेका विवादित विषय टुंग्याउने लगाउने विषयमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्न लागेको छ  । बैठक बिहानै बस्ने भनिए पनि कांग्रेस सभापति सुशील कोइराल उपत्यका बाहिर रहेकाले बैठक कतिखेर बस्ने भन्ने अन्यौल भएको एकीकृत नेकपा माओवादी नेता अमिक शेरचनले सीआईएनलाई जानकारी दिनुभयो । 

कोइराला राजधानीमा आएपछि सेना समायोजन विशेष समितिको सचिवालयमा बैठक बस्ने तयारी भइरहेको शेरचनको भनाइ छ । हिजो बस्ने भनिएको बैठक बन्दका कारण स्थगित गरिएको थियो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र समायोजन रोजेका एकीकृत माओवादीका पूर्व लडाकुको दर्जा निर्धारणका बिषयमा छलफल हुने शेरचनले बताउनुभयो ।  

यस्तै प्रधानन्यायाधिशको नेतृत्व हस्तान्तरण र बाधा अड्काउ फुकाउने विषयमा पनि सहमतिको प्रयास गरिने छ । यसअघि हिजो बस्ने भनिएको बैठक पनि दलहरुले स्थगित गरेका थिए । अस्तिको बैठकमा दलहरुबीच मतदाता नामावली र नागरिकताका विषयमा सहमति जुटेको थियो ।

Related

राष्ट्रिय 7983771231321330681

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item