बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड


धनुषा,फागुन २४ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिका कार्यकर्ताहरुले आज बिहान जनकपुरको भानु चौकदेखि कदम चौक जाने बाटोमा एउटा ट्याक्टरमाा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले ज १ त ३०९१ नम्बरको ट्याक्टरलाई तोडफोड गरेका हुन् । 

गत सोमवारदेखि नै फोरमद्वारा आह्वान गरिएको बन्द अन्तर्गत यसअघि पनि विभिन्न यातायातका साधनहरुमा लोकतान्त्रिकका कार्यकर्ताहरुले तोडफोड गरिसकेका छन् ।  बन्दका कारण कुनै सवारी साधन चल्न सकेका छैनन भने शैक्षिक सस्था, कलकारखाना, बजारहरु पुर्ण रुपले ठप्प रहेका छन् । त्यसतै मधेसी जनअधिकार फोरम लोकतान्त्रिका कार्यकर्ताहरुले आज जुलुस निकाल्ने तयारी समेत गरेको फोरमका उपाध्यक्ष जगदिश महासेठले जनकारी दिनुभयो ।

Related

राष्ट्रिय 5661211037630045464

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item