सिन्धुलीको विकास वजेट करिव तिन अर्व

http://sindhulidarpan.blogspot.com/2013/03/budget.html
मिनकुमार दाहाल,
सिन्धुली,फागुन २४ ।
जिल्ला विकास समिती सिन्धुलीले आर्थिक वर्ष ०७०/०७१ को लागी २ अर्व ९९ करोड ९ लाख रुपैया वरावरको अनुमानित वजेट प्रस्तुत गरेका छन् । आज जिल्ला विकास समितीको १८ औं जिल्ला परिषद उद्घाटन कार्यक्रममा स्थानिय विकास अधिकारी धु्रववहादुर खड्काले जिल्लाको लागी वार्षिक विकास वजेट पेश गरेका हुन । स्थानिय विकास अधिकारीले प्रस्ताव गरिएको वार्षीक वजेटको चालु खर्च १ अर्व २४ करोड,९५ लाख,७५ हजार रुपैयाँ तथा विकास खर्च १ अर्व ७१ करोड,३३ लाख,२६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

विकास खर्च कुल वजेटको ५८.८९ प्रतिशत रहेको जिल्ला विकास समितीले जनाएको छ । गत आर्थिक वर्ष ०६९/०७० को वजेटको तुलनामा आर्थिक वर्ष ०७०/०७१ को लागी प्रस्ताव गरिएको कुल वजेट १९.८१ प्रतिशले वढी रहेको छ । आर्थिक वर्ष ०७०/०७१ को लागी स्थानिय विकास अधिकारीले प्रस्ताव गरिएको निती तथा कार्यक्रममा वजेटले ग्रामिण सडक, जडीवुटी, फलफुल खेती, पर्यटन विकास, लघुउद्यम, सर्पदंश तथा औलो न्युनिकरण,अशक्त,अपाङ्ग सिमान्तकृत समुदायलाई विकासको मुलधारमा ल्याउने उल्लेख गरेको छ ।
त्यसै गरी स्थानिय पत्रपत्रिका,एफएम तथा नेपाल पत्रकार महासंघको संस्थागत विकास गर्न सहयोग गर्ने स्थानिय विकास अधिकारीद्धारा प्रस्तुत नितीतथा कार्यक्रममा उल्लेख गरिएको छ । साना तथा लघु विद्युत उत्पादन गर्ने कार्यमा जिल्ला विकास समितीले प्रति किलो वाट ५० हजारको दरले अनुदान सहयोग रकम सम्वन्धीत संस्थालाई उपलव्ध गराउने जिविसले नितिलिएको छ । सिन्धुलीको प्रमुख नगदे वालीको रुपमा स्थापीत भएको जुनारको ढुवानी व्यवस्थीत गर्न ३.५ किलोमिटर दुरीमा चल्ने मोनोरेल जुनार क्षेत्रमा संचालन गर्न जिल्ला विकास समितीले समन्वय गर्ने जिल्ला विकास समितीले प्रस्ताव गरेको नितीतथा कार्यक्रममा समेटीएको छ ।
१८ औं जिल्ला परिषदको उद्घाटन जिल्ला न्यायधिष हरिप्रसाद वगालले गरेका थिए । जिल्ला परिषद उद्घाटन कार्यक्रमा जिल्लाका राजनितीक दलका नेता,पत्रकारहरु तथा अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो ।
१८ औं जिल्ला परिषदको उद्घाटन जिल्ला न्यायधिष हरिप्रसाद वगालले गरेका थिए । जिल्ला परिषद उद्घाटन कार्यक्रमा जिल्लाका राजनितीक दलका नेता,पत्रकारहरु तथा अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !