पराग खान सिकाएको विषयमा झडप

http://sindhulidarpan.blogspot.com/2013/03/drugs.html
राजविराज, फागुन २४ ।
सप्तरी जिल्लामा यूवाहरुलाई सुर्तीजन्य पदार्थ ‘पराग’ खान सिकाएको विषयमा स्थानीय यूवाहरुबीच भएको झडपमा दुई जना गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा राजविराज–४ का जमिल साहका १६ वर्षीय छोरा सलाउद्धिन साह र टसेजुल मियाँका १८ वर्षीय छोरा जाकिर अलि छन् । घाईतेको स्थानीय वोदेवरसाईन अस्पतालमा उपचार भईरहेको छ ।
विवादलाई लिएर सलाउद्धिनको परिवारका सदस्यहरुले जाकिरको घरमा पुगेर सदस्यलाई आक्रमण गरेपछि दोहोरो झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !