बन्दको अवज्ञा गरेको भन्दै सिन्धुलीमा मोटरसाईकलमाथी तोडफोड

http://sindhulidarpan.blogspot.com/2013/03/banda_5388.html
सिन्धुली,फागुन २४ ।
बन्दको अवज्ञा गरेको भन्दै सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित माझिटारमा एक मोटरसाईकल माथि तोडफोड भएको छ । आज बिहान ८ बजे माझिटारमा ज ३ प ३२५५ नम्बरको मोटरसाईकलमा तोडफोड भएको हो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघियलोकतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण आज देशभर जनजीवन प्रभावित भएको छ ।
सिन्धुलीमा बन्दकर्ताहरुको उपस्थिति बाक्लो नदेखिए पनि बन्दको प्रभाव भने परेको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य चार शतिmको निर्णयको विरुद्धमा मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल नागरिक पार्टी जनमुतिm पार्टीलगायतका दल सहभागि मोर्चाले बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !