काभ्रेमा कसैले हतियार बुझाएनन्

http://sindhulidarpan.blogspot.com/2013/03/cavre.html
काभ्रे, चैत ३ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले अवैध हतियार संकलन अभियान सुरु गरे पनि त्यो प्रभावकारी हुन नसकेको पाइएको छ । अभियान सुरु भएको दुई साता वितिसक्दा पनि जिल्लामा कसैले पनि हतियार बुझाएका छैनन् । फागुनको तेस्रो सातादेखि कार्यालयले स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रकाशन र प्रशारण गरेर अभियान सुरु गरेको थियो । कार्यालयले आफूसँग भएका भरुवा वन्दुक, पेस्तोललगायतका हतियार ३५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिरहेको छ ।

यस्तै मातहतका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमार्फत गाउँ गाउँमा सूचना समेत टाँस गरिएको छ । जिल्लाका २३ प्रहरी चौकी तथा ४ वटा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्फत गाउँगाउँमा सूचना टाँस गरिएको छ । यसरी हतियार बुझाउन आउनेलाई कार्बाही नगर्ने प्रतिवद्धतासमेत प्रहरीले व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख गीता उप्रेतीले पहिला डरत्रासका कारण हतियार बुझाउन नआउनेका लागि अहिले अवसर प्रदान गरेको बताउनुभयो । उहाँले अभियान सकिएलगत्तै विशेष अभियान सञ्चालन गर्ने र अवैध हतियार भेटेमा कानुन अनुसार कार्बाही गर्ने पनि बताउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !