स्वास्थ्यकर्मी नहुँदा उदयपुरका विरामीलाई सास्ती


उदयपुर,फागुन २३ ।
उदयपुर जिल्लाको पश्चिमि गाविस सोरुङछविसे स्थित उप–स्वास्थ्य चौकिमा तीन महिना देखि स्वास्थ्यकर्मि नहुदा विरामिहरुले सास्ती खेप्नु परेको छ । एकजना अहेव र एकजना मासिकाको दरबन्दि भए पनि नियमित स्वास्थ्यचौकि नखुल्दा समस्या भएको हो । स्वास्थ्य चौकिका अहेव दयाराम चौधरी विभिन्न बाहानामा सदरमुकाम र घरविदामा वस्दा उपचारमा कठिनाई भएको हो । 

गाउमा आँउदा पनि चौधरी स्वास्थ्य चौकी जाँदैनन जनता कालिका उच्च माविका प्रधानाध्यापक भरत थापाले भन्नु भयो दिनभरी मदिरा सेवन गर्दै गाँउ तिर जान्छन् विरामिलाई अन्तै पठाईदिन्छन् । सोरुङछविसे, जाँते लगाएतका ठाँउमा यो समस्या बढि छ । जाँतेमा पनि स्वास्थ्य चौकि ईन्चार्ज फिरोज अलि धेरैजसो घर विदामा वस्ने गरेको स्थानीयले गुनासो गरेकाछन् । जाँते गाविसमा अहेव दिपक राईको भरमा स्वास्थ्यचौकि सञ्चालनमा रहेको छ भने सोरुङछविसेमा भएको एकजना मासिका गाँउघर क्लिनिकमा महिनाको २१ दिन व्यस्त हुने भएकाले महिनौ नखुल्ने समस्या छ ।

Related

विविध 6046937503675133770

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item