जिविस काभ्रेको परिषद् स्थगित

http://sindhulidarpan.blogspot.com/2013/03/meeting_6.html
प्रकाश सुन्दास,
काभ्रे,फागुन २३ ।
जिल्ला विकास समिति काभ्रेको आज हुने भनिएको आर्थिक २०७०/०७१ को २१ आँै जिल्ला परिषद् स्थगित भएको छ । परिषद्को नजिकै आएर विभिन्न १० बुदेँ माग सहित अस्ति नेकपा–माओवादीको तालाबन्दी, आजको नेपाल बन्द र जिविसकै आन्तरिक तयारीका लागि समय अपुग भएका कारण परिषद् स्थगित गर्नुपरेको काभ्रेका स्थानीय विकास अधिकारी गोविन्द बहादुर कार्कीले बताउनुभयो । स्थगित परिषद् यहि फागुन २९ गते हुनेछ ।

विषयगत कार्यालय र विभिन्न सरकारी तथा गैरसकारी संघसंस्थाहरुका लागि बजेट विनियोजन गरिएपनि अन्य विविध तयारी र योजना वितरणमा केहि राजनीतिक दलहरुले विमती जनाएपछि परिषद् स्थगित भएको बताइएको छ । यसैबीच जिल्ला विकास समिति सिन्धुपाल्चोकको आज २० औँ जिल्ला परिषद् हुदैँछ । परिषद्ले सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान सहितका भौतिक पूर्वाधारण निर्माणका लागि ८० करोड भन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ । परिषद्ले एक गाविस एक पक्की सडकको अवधारण अनुसार सडकलाई प्राथमिकता राखेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गणेश आचार्यले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !