बन्दको प्रभाव सिन्धुलीमा पनि


पोष्टराज पहाडी,
 सिन्धुली,फागुन २३ ।
बहालवाला प्रधानन्यायाधिस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै नेकपा–माओवादी लगायत ५ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा पनि परेको छ । आज विहानैदेखि यातायात सञ्चालनमा आएका छैनन् । यात्रुहरु पनि बन्दले गर्दा गन्तव्यमा पुग्न सकेका छैनन् ।

 बिहानको कक्षा सञ्चालनहुने शिक्षणसंस्थाहरु पनि ठप्प रहेका छन् । यसैबीच बन्दको पुर्वसन्धामा हिजो साँझ सिन्धुलीमाडीमा राँके जुलुस प्रदर्शन गरिएको छ । सिन्धुलीको लोकतान्त्रीक चौरबाट सुरु भएको  राँके जुलुस बजार परिक्रमा गरि पुनः लोकतान्त्रिक चौरमा आएर कोणसभामा परिणत भएको थियो ।

Related

स्थानिय 5388981501634245916

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item