नेपाल बन्दले पूर्वका दुई राजमार्ग पनि सुनसान


प्रकाश सुन्दास, 
काभ्रे,फागुन २३ ।
प्रधानन्याधिशलाई प्रधानमन्त्री बनाउन नहुने माग राख्दै साना चारदलले आह्वान गरेको नेपाल बन्दको प्रभात आज विहानै देखि राजधानी पूर्व जिल्लाहरुमा पनि परेको छ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, नेकपा एकीकृत, मातृ यादव समूहको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र संघीय लिम्बुवान परिषद्को संयुक्त मोर्चाले गरेको बन्दका कारण अरनिको र वीपी राजमार्गमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् । 
बन्दका कारण अरनिको राजमार्गबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र बीपी राजमार्ग भएर सिन्धुली–बर्दिबास हुदैँ तराईका विभिन्न जिल्ला तर्फ जाने र राजधानी भित्रिने यातायातका साधन सञ्चालनमा नरहेको जगाती प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ । बन्दको प्रभाव प्रमूख ब्यापारिक केन्द्र बनेपामा बढी परेको छ । शैक्षिक संस्था कलकारखाना पनि बन्द छन् । बन्द कर्ताहरु विहानैदेखि धुलिखेल, बनेपाको चार दोबाटो, तीनदोबाटो, चाँदनी चोक, साँगा भञ्ज्याङ, पाँचखाल, भकुण्डे, पनौती लगायतका मूख्य–मूख्य बजार क्षेत्रको सडकमा भेला भएर बसेका छन् । एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारी साधनलाई निर्वाद चल्न दिने नेकपा–माओवादी काभ्रेका इन्चार्ज चुडामणि गौतम ‘हेमक’ ले जानकारी दिनुभयो ।

Related

स्थानिय 4037966610152620838

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item