भेनेजुयलाका राष्ट्रपति ह्युगे चावेजको निधन

http://sindhulidarpan.blogspot.com/2013/03/death_6.html
काठमाण्डौ,फागुन २३ ।
भेनेजुयलाका राष्ट्रपति ह्युगे चावेजको निधन भएको । ५८ वर्षीय चावेजको क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो । केही दिन अघि मात्रै क्युवामा क्यान्सरको उपचार गराएर स्वदेश फर्कनु भएका चाभेजको सैनिक अस्पतालमा उपचारकै क्रममा निधन भएको भेनेजुयलाका उपराष्ट्रपति निकोलस मदुरोले घोषणा गर्नु भएको हो । यसैबीच चावेजको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि चावेजको निधनले भेनेजुयलालाई चुनौती थपिएको बताउनुभयो । सपथ नै लिन नपाई उनको निधन भएको छ ।
चाभेजको स्वास्थ्य लाभको कामना गरिरहेका भेनेजुयलाका नागरिकहरु चाभेजको निधनले मर्माहित भएको अन्तरष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । चाभेजको निधनले भेनेजुयला शोकमा डुवेको छ । दक्षिण अमेरिकी देश भेनेजुएलामा चाभेजले १४ वर्षदेखि सत्ता समालिरहनु भएको थियो । गएको अक्टोबरमा मात्रै पनि चाभेजले राष्ट्रति पदका लागि विजयी हुनु भएको थियो । तर एक वर्षदेखि क्यान्सरबाट पीडित भएकाले चावेजको स्वास्थ्य अवस्थाका कारण शपथ समेत लिन पाउनु भएको थिएन । यसअघि चाभेजको निक्कै चिन्ताजनक अवस्थामा उपचार भइरहेको थियो । चाभेज ल्याटिन अमेरिकाको सबैभन्दा विवादास्पद मानिन्थे । सन् १९९२ मा सैन्य विद्रोहको असफल प्रयासपछि चाभेज राजनीतिमा प्रवेस गर्नु भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !