नयाँ पोपका लागि आज चुनाव


काठमाडौं, फागुन २९ ।
रोम क्याथोलिक चर्चको नयाँ पोपका लागि चुनावी प्रक्रिया सुरु भएको छ । १ सय १५ कार्डिनल सदस्यका बिच बिचार बिमर्श गरी आजै अपराह्नसम्म नयाँ पोप चयन गरिने भ्याटिकनका अधिकारीले बताएका छन् ।
नयाँ पोप चयनका लागि छलफल भैरँहदा सर्वसाधारणको जानकारीका लागि भने चिम्नीले काम गर्नेछ । भ्याटिकन सिटीको सिस्टिन च्यापल दरबारको छतमा राखिएको एक चिम्नीले सर्वसाधारणलाई नयाँ पोपबारे सूचना प्रवाह गर्ने छ । नागरिकहरुलाई एकतर्फी सूचना प्रवाहका लागि चिम्नीबाट धुँवाको सहरा लिने प्रचलन छ ।
नयाँ पोपका लागि १ सय १५ सदस्यीय कार्डिनलको सम्मेलन भैरहेका बेला चिम्नीले कालो धुँवा फाल्ने छ, भने नयाँ पोप छनौट भईसकेपछि चिम्नीले सेतो धुँवा फालेर सर्वसाधारणलाई जानकारी गराउने छ ।
रोमन क्याथोलिकका पोप बेनेडिक्ट सोह्रौंले राजिनामा दिएपछि नयाँ पोप छनौट प्रक्रिया सुरु आजबाट सुरु भएको हो । बन्द दरबार भित्र सुरु भएको कार्डिनलहरुको सम्मेलनले नयाँ पोप छनौट गरिसकेपछि आजै अपराह्न्न भ्याटिकन शहरमा हर्ष बढाई गरिने अधिकारीहरुले बताएका छन् ।

Related

विविध 6193354317759369698

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item