चोरकाटे वजारमा आगलागी, २२ लाख वरावरको क्षति


गुल्मी, फागुन २९ ।
गुल्मीको जोहाङ्ग गाविस स्थित चोरकाटे वजारमा आगलागी हुँदा २२ लाख रुपैयाँ वरावरको क्षति भएको छ । तीन जना घाइते भएका छन् । जोहाङ्ग गाविस वार्ड नं. १ चोरकाटे वजार स्थित टेकवहादुर सुवेदीको घरमा आगलागी भई आसपासका दुई घरमा समेत क्षति पुग्दा २२ लाख वरावरको क्षति भएको हो ।
गयराति  १२ वजेतिर घरमा सवै जना सुतिरहेको अवस्थामा सुवेदीको घरवाट एक्कासी आगलागी शुरु भएको र सोही आगोले खिमवहादुर भण्डारी र चन्द्रमणी भण्डारीको घरको वरण्डामा समेत क्षति पु¥याएको छ ।
आगलागीवाट सुवेदीको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा परि टेकवहादुर सुवेदी, भानुभक्त र अनिल मियाँ घाईते हुनुभएको छ ।
घाईते सवैको अहिले पाल्पा स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । आगलागी शुरु भए लगत्तै सुवेदीको घरभित्र रहेको खाना पकाउने ग्याँसको सिलिण्डर समेत पड्किएको र त्यसले थप क्षति पु¥याएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जानकारी दिएको छ । आगो चार घण्टपछि नियन्त्रणमा आएको थियो ।

Related

विविध 6768092642423218340

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item