सिन्धुलीको भगवती सामुदायिक वन उपभोक्ता समूहले विपन्न वर्गलाई ७० हजार

http://sindhulidarpan.blogspot.com/2013/03/gun_1.html
सर्लाही,फागुन १८ ।
घरमा राखेका गैरकानुनी हात हतियार तथा गोली गठ्ठा प्रहरीले ३५ दिन भित्र बुझाउनका लागि सर्वसधारणलाई अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सर्वसधारणले आफ्नो घरमा रहेको घातक हात हतियार गोलीगठ्ठा खरखजना प्रहरीले बुझाउनका लागि सबैसँग आग्रह गरेका छन् ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा घरको नजिक रहेको प्रहरी चौकीमा बुझाउन सकिने बताएका छन् । ३५ दिनको भित्रमा हतियार बुझाए कुनै पनि कार्यबाही नहुने तर सर्च अभियानको क्रममा हतियार फेला परे कानुन बमोजिम सात वर्ष कैद तथा एक लाख जरिवान समेत हुने प्रहरी निरक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । अपराध न्युनिकरण गर्न जिल्लामा अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !