सिन्धुलीमा गरिब परिचयपत्र वितरण कार्यक्रम अलपत्र

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन १८ ।
सिन्धुलीमा गरिब परिचयपत्र वितरण कार्यक्रम अलपत्र परेको छ । स्थानीय स्तरमा गरिब घरपरिवार पहिचान गरी जिल्लामा वितरण गर्नु पर्ने परिचयपत्र वितरण गर्नु पर्ने काम निर्देशित कार्यविधि नबन्दा अलपत्र बनेको हो । सिन्धुली जिल्लामा १ महिनाभित्र परिचय पत्र वितरण कार्य सम्पन्न गर्ने गरी गत आसोज १ गतेदेखि सञ्चालन हुने गरी यो कार्यक्रम लागु गरिएको थियो ।
सरकारले निर्देशिका जारी गरी जिल्लामा सचिवालय स्थापना गरेपनि त्यसको कार्यविधि नबन्दा कार्यक्रम अलपत्र भएको गरिब घरपरिवार पहिचान परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालय जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य सचिव सागर ढकालले बताउनुभयो । चालु त्रिवर्षिय योजनामा गरिबिको रेखामुनी रहेका जनसंख्याको पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेपनि कार्यविधि नहुँदा कार्यक्रम अघि बढ्न नसकेको हो । गत भदौ १८ को मन्त्रि परिषदको निर्णयले गरिब घरपरिवार पहिचान र परिचयपत्र ब्यवस्थापन निर्देशिका २०६९ स्वीकृत भई जारी भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !