सर्लाहीमा हतियार सहित एक युवक पक्राउ


 सुरेश बिडारी,
सर्लाही,फागुन २० ।
 सर्लाहीको मानपुरबाट प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । रौतहट समनपुर–८ हरैया पल्टुवाका २४ वर्षीय रामसागर राय यादवलाई हतियार सहित पक्राउ गरेको हो । चेक जाँचको क्रममा बागमति नदि किनारबाट यादवलाई एक थान नलकटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका अपराध अनुसन्धान अधिकृत प्रहरी निरिक्षक भुवनेश्वर साहले बताउनुभयो । ईलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको प्रहरी टोलिले यादवलाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

Related

विविध 73175835569874304

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item