धनुषाका आधा दर्जन गाविस विद्युतविहीन, एसएलसीका विद्यार्थीहरु चिन्तित

जनकपुर,फागुन २९ ।


एसएलसी परीक्षाको मुखमा आएर चार दिनदेखि गाउँमा बत्ती नभएपछि धनुषाको आधा दर्जन गाविसका विद्यार्थीहरुको अध्ययन प्रभावित भएको छ । जनकपुर–जटही सडकखण्ड अन्तर्गत घोरघाँस गाविस वडा नं. ७  गंगुलीमा चार दिनअघि विद्युतीय पोल ढलेपछि आधा दर्जनभन्दा बढी गाविस विद्युतविहीन बनेको हो । सरोकारवालाहरुको लापरवाहीले विद्युत् नभएर नगराईन, जटही, घोरघाँस, लगमालगायतका गाविसमा बसोबास गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

 विद्यार्थीहरुको अध्ययन प्रभावित भएको छ भने मोबाईल चार्ज गर्न नपाएर सञ्चार सेवा समेत प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक बिदाहरु परिरहेका कारण पनि काम हुन नसकेको प्रतिक्रिया दिएको छ । तर स्थानीयबासिन्दाले भने प्राधिकरणको यस्तो प्रतिक्रियालाई गैरजिम्मेवार भनेका छन् ।

Related

विविध 3120809034163516550

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item