उदयपुरमा एसएलसी परीक्षा मर्यादित बनाउने प्रयास



  उदयपुर,फागुन २९ । 
परीक्षा मर्यादित बनाउन गरिएको प्रयासस्वरुप यस वर्ष उदयपुरमा एसएलसी परीक्षादिने विद्यार्थीले आफू पढेको विद्यालयमा परिक्षा दिन नपाउने भएका छन् । आफु पढेको विद्यालयमा एसएलसीको सेन्टर पार्दा त्यही विद्यालयको शिक्षक केन्द्राध्यक्ष पर्ने भएकाले एसएलसी परीक्षा मर्यादित बनाउनको लागि उदयपुरमा यस्तो व्यवस्था गरिएको उदयपुरका जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाईले बताउनुभयो ।

 जिल्ला शिक्षा कार्यलयले परीक्षा मर्यादित बनाउन सवै केन्द्रहरुमा थप कर्मचारी समेत खटाईसकेको जनाएको छ । यस वर्ष उदयपुरमा ३२ वटा परीक्षाकेन्द्र तोकिएको छ भने यसवर्ष उदयपुरबाट नियमित तर्फ ५ हजार ४ सय ९५ जना र एक्जाम्टेडतर्फ ३६ सय १६ जना गरी जम्मा ९ हजार १ सय ११ जना परीक्षामा  सहभागी हुनेछन् ।

Related

विविध 3750461607567278173

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item