माधब नेपालको असहमती


काठमाडौ  फागुन २७ ।
नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले एकीकृत माओवादीका कारण मुलुकले निकास नपाएको आरोप लगाउनु भएको छ । माओबादीले अहिले वितण्डा मच्चाएको आरोप लगाउदै न्यायालयलाई प्रभावित पार्ने काम गरिरहेको दावी गर्नुभयो ।
नेपालवाणी नेटवर्कसँग कुरा गर्दै नेता नेपालले प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व गर्न सक्ने तर पहिला प्रधानन्यायाधीशको पद छोड्नुपर्ने सर्त राख्नु भयो ।

उहाँले सर्वोच्च अदालत भनेको संविधानको व्यवस्था अनुसार फैसला गर्ने र संविधानको व्याख्या मात्रै गर्ने भएकाले सर्वोच्च अदालतको फैसला कुर्नु नपर्ने तर्क गर्नुभयो । संविधानमा अहिले राखिएको प्रावधान अनुसारनै फैसला आउने विश्वास व्यक्त गर्नुभयो । अन्तरिम संविधान २०६३ मा सर्वोच्च आदालतका न्यायाधीशहरुलाई मानब अधिकार आयोग बाहेक अनेत्र काममा लागाउन नपाउने व्यवस्था उल्लेख गरेको छ ।

Related

विविध 733016404170052357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item