भोलि विहान नयाँ प्रधानमन्त्रीको सपथ: मन्त्री महतो

http://sindhulidarpan.blogspot.com/2013/03/news_12.html
काठमाडौ, २९ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले कुनै अवरोध नभए भोलि विहान ८ बजे नयाँ प्रधानमन्त्रीको शपथ हुने दावी गर्नुभएको छ । सहमति अन्तिम चरणमा पुगेको भन्दै महतोले प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्ने बताउनुभयो ।

नेपाल सदभावना पार्टीका अध्यक्षसमेत रहेका महतोले निर्वाचन दलहरुको लागि उत्सव भएकाले निर्वाचनमा जान कोही डराउन नहुने उल्लेख गर्नुभयो । रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा महतोले आफ्नो पार्टीमा पछिल्लो समयमा देशब्यापी रुपमा देखिएको प्रवेशको लहरले आगामी निर्वाचनबाट मधेसको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !