सिन्धुलीको जुनार बिक्रीबाट करिब २२ करोड रुपैयाँ

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli-junar.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन २९ ।
सिन्धुली जिल्लामा यो वर्ष जुनार बिक्रीबाट करिब २२ करोड रुपैयाँको कारोबार भएको जुनार सहकारी सङ्घ र जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष ८ हजार मेट्रिकटन जुनार उत्पादन भई बिक्री वितरण भएको जुनार सहकारी सङ्घका अध्यक्ष निर्मलकुमार रम्तेलले जानकारी दिनुभयो ।
जिल्लाभर एकहजार १० हेक्टर क्षेत्रफल जुनार खेतीको लागि योग्य माने पनि हाल ६ सय २३ हेक्टरमा खेती हुने गरेको कृषि विकास कार्यालयका बाली विकास अधिकृत देवराज अधिकारीले बताउनु भयो । बढ्दो आम्दानीलाई मध्यनजर गर्दै एक गाउँ एक उत्पादन कार्यक्रममार्फत् रतनचुरा, तीनकन्या, बासेश्वर र जलकन्या गाविसका किसानहरूले जुनार खेती गर्दै आएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !