जनताको प्यारो नेता ढुङगेल..?

http://sindhulidarpan.blogspot.com/2013/03/news_17.html
काठमाडौं चैत्र ४ ।
हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित आजीवनकारावासको सजाय पाएका पूर्व सभासद बालकृष्ण ढुङगेलको मानमर्दन गरेको अरोप लगाउँदै समर्थकले बालुवाटारमा प्रशर्दन गरेका छन् ।
हत्या अभियोगमा सजाय पाएका ढुङगेलको तस्विर र व्यानर बोकेका एमाओवादीका समर्थकले उनको पक्षमा नारावाजी समेत गरे । उनीहरुले ढुङगेललाई कारबाही गर्न माग गरेर भित्तामा टाँसिएका पोष्टर र व्यनरहरु समेत च्यातिदिएका छन् ।
यस अघि विभिन्न अधिकारवादी संघसंस्थाले बालुवाटारमा दैनिक रुपमा महिला हिंसाका साथै दण्डहिनताको अन्त्य र हत्या अभियोगमा सजाय पाएका पूर्वसभासद ढुंगेललाई कारबाहीको माग गरेर प्रर्दशन गर्दै आएका थिए ।

![]() |
तस्विर : twitter.com/Jaw_Knock |
‘जनअधिकार जनमञ्च’को ब्यानरसहित देखिएका एमाओवादीका नेता तथा कार्यकर्ताले ढुङगेलको पक्षमा नारावाजी गरे । बालुवाटार पुगेका अधिकारकर्मी र एमाओवादीका समर्थकबीच केही बेर तनाव समेत भएको थियो । उनीहरुका बीच भनाभन हुन थाले पछि प्रहरीले हस्तक्षेप गरेको एकसहभागीले जानकारी दिए ।
एमाओवादीका कार्यकर्ताले हत्या अभियोगमा सर्वस्वसहित आजीवन कारावासको सजाय पाएका ढुङगेलाई जनताको प्यारो नेताको संज्ञा समेत दिए । एमाओवादीका समर्थकले पूर्वसभासद ढुङगेल विरुद्ध प्रचारवाजी नगर्न चेतावनी दिँदै अधिकारकर्मीको आलोचना गरेका छन् ।
हत्या अभियोगमा सजाय पाए पनि एमाओवादीका पूर्व सभासद ढुङगेल राजनीतिक संरक्षणमा राजधानीमा खुलेआम हिंड्डुल गर्दै आएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !