नेविसंघको अनसन जारी



काठमाण्डौ,चैत १४ । 
स्वतन्त्र विद्यार्थी युनियन चुनावको मिति घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको २४ घण्टे रिले अनसन आज चौथो दिन पनि जारी छ । काठमाण्डुको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि नेविसंघले अनसन जारी राखेको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । 


उपकुलपतिले स्ववियु निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन् । उनीहरुले विद्यार्थीहरुको मौलिक अधिकारमाथि बन्देज लगाउने प्रावधान खारेजी र शैक्षिक क्यालेन्डर लागु गर्नसमेत माग गर्दै आएका छन् ।

Related

राष्ट्रिय 3002232537751721622

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item