काभ्रेबाट ३३ जना चेलिबेटी बेचिए

http://sindhulidarpan.blogspot.com/2013/03/nepal_27.html
प्रकाश सुन्दास,
काभ्रे,चैत १४ ।
काभ्रेपलाञ्चोक जिल्लामा २०५० सालदेखि अहिलेसम्म ३३ जना चेलिबेटी बेचिएको पाइएको छ । बेचिनेहरुमा जिल्लाको पाँचखाल, धुलिखेल, साठीघर, चापाखोरी, सस्र्यूखर्क, सिम्थली, शंखु, ढुङखर्क, पूmलबारी, पनौती, बनेपा, बोल्दे, महादेस्थान लगायत गाविसका चेलिबेटिहरु रहेका छन् । बेचिएका चेलिबेटिहरुमा तामाङ, बाहुन, क्षेत्री, नेवार, दलित, गुरुङ र पहरी थरका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक काभ्रेले जनाएको छ । विभिन्न काम लगाइ दिने बहानामा दलालहरुले सबै भन्दा बढी जनजाति, उपेक्षित एवं उत्पीडित र दलित महिलाहरु भारतको कोठीहरुमा लगि बेच्ने गरेको इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
समाजमा आफ्नो इज्जत गुम्ने डरले पीडित महिलाहरुले उजुरी नदिदाँ बेचविखनमा संलग्न दलालहरुलाई कारबाही गर्न निकै समस्या भइरहेको प्रहरीको भनाइ छ । मावन बेचबिखनमा संलग्न भएका दलालहरुलाई जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ३ र अन्तरिम संविधानको धारा २९ को भाग (३) अनुसार कानुनअनुसार दण्डित गराउन सक्ने व्यवस्था छ तर काभ्रेमा ३३ जना चेलिबेटी बेचखिनमा संलग्न मध्ये एक जनालाई मात्रै मानव वेचविखन तथा शरीर बन्धनमा मुद्दा चलाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !