सिन्धुलीमा होली पर्व शान्तिपूर्वक

http://sindhulidarpan.blogspot.com/2013/03/holi_1468.html
नविनबाबु अधिकारी,
सिन्धुली,चैत १३ ।
आज फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, सिन्धुलीलगायत पहाडी र हिमाली क्षेत्रका नागरिकले एकआपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउन साथीसङ्गी, आफन्तजनसँग मुख्यगरी रङ्ग तथा अबीर लगाउने प्रचलन छ । यसै अवसरमा रेडियो शिद्धबाबाले दिउँसो १ बजे देखि ४–३० बजे सम्म होली विशेष कार्यक्रम प्रसारण गरिरहेको थियो । सिन्धुलीमा पाँचजना र दुईटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको र केहीबेरपछि उनीहरुलाई छाडिउको सिन्धुली प्रहरीले बताएको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी मोटरसाईकल चलाएकाले पक्राउ गरिएको सिन्धुली प्रहरीले बताएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !