होली खेल्ने दुई समूहबीच झडप, प्रहरीमाथि हातपात


प्रकाश सुन्दास, काभ्रे,चैत १३ ।
काभ्रेको पनौतीमा आज होली खेल्न दुई समूहबीच झडप भएको छ । होटलमा झडप भइरहेको खबर पाएपछि गएको प्रहरी टोलीले झडपमा संलग्न एकजनालाई पक्राउ गरेपछि आज दिनभर नै पनौती तनावग्रस्त बनेको थियो । पक्राउपछि स्थानीयहरुले प्रहरी चौकी घेरा हाली ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको पनौती प्रहरी चौकीले जनाएको छ । 

स्थानीयको हातपातबाट ड्युटीमा रहेकी प्रहरी जवान सुष्मा अधिकारी घाइते भएको पनौती प्रहरी चौकी इन्जार्च सई बाबुराम झाले जानकारी दिनुभयो । घाइते अधिकारीको देब्रे खुट्टामा चोट लागेको र बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।

Related

विविध 6834209330501550089

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item