पत्नीलाई करणी गरेको आरोपमा पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/03/rape_26.html
राजविराज,चैत १३ ।
सप्तरी जिल्लास्थित देउरी–२ का ३० वर्षीय विश्वनाथ साह आफ्नै पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पत्नी आशादेवी साहले उजुरी दिए पछि विश्वनाथलाई सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक कुशवहादुर थापाले जानकारी दिनुभयो । आशादेवीले आफ्नो ईच्छा विपरित पटक–पटक जवरजस्ती करणी गरेको उजुरी प्रहरी समक्ष दिएकी छन् ।
‘यौन सम्पर्क राख्न म तयार नहुँदा पनि कुटपिट गरेर जवरजस्ती करणी गरे,’ आशादेवीले उजुरीमा भनेकी छन् । पक्राउ परेका विश्वनाथलाई मंगलबार जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अुनसन्धान गर्न प्रहरीलाई आदेश अनुमति दिएको छ । साह माथि लागेको अभियोग प्रमाणित भए वैवाहिक जवर्जस्ती करणी मुद्दाको ३ नम्बर महल अन्तर्गत ३ महिना देखि ६ महिनासम्म कैद सजाय हुने कानून प्रावधान छ । पक्राउ परेका विश्वनाथले अर्को विवाह समेत गरका छन् । उनलाई बहुविवाहको मुद्दा समेत चलाएको प्रहरी निरीक्षक थापाले वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !