दक्षिण एसियाकै दोस्रो लैङ्गिक मैत्री सार्वजनिक शौचालय बर्दियामा

http://sindhulidarpan.blogspot.com/2013/03/news_7023.html
बर्दिया,फागुन,२५।
दक्षिण एसियाकै दोस्रो लैङ्गिक मैत्री सार्वजनिक शौचालयको बर्दियाको सदरमुकाम गुलरियामा आज उद्घाटन गरिएको छ । गुलरिया नगरपालिकाको सहयोगमा बनेको शौचालयको गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्ग र निल हिरा समाज (शुन्दर संसार) बर्दियाका अध्यक्ष सपना चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । नगरपालिकाद्वारा २ लाख ३० हजार रुपैयाँको लागतमा तेस्रो लिङ्गी शौचालय बनाइएको हो । पुरानो सार्वजनिक शौचालय मर्मत गरि लैङ्गिक मैत्री सार्वजनिक शौचालय निर्माण गरिएको हो । तेस्रो लिङ्गीसंग सम्बन्धित रहेर काम गर्ने संस्था निल हिरा समाज (सुन्दर संसार) बर्दियाका अध्यक्ष सपना चौधरीले दक्षिण एसियाकै दोश्रो नमुना योग्य र उदाहरणीय सार्वजनिक शौचालय गुलरियामा निर्माण भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । यसअघि दक्षिण एसियाकै पहिलो नमुना योग्य लैङ्गिक मैत्री सार्वजनिक शौचालय नेपालगञ्जमा निर्माण गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !