सन् २०१२ मा ९ सय १० ओटा माहिला हिसांका घटना भएको इन्सेकको तथ्याङ्क

http://sindhulidarpan.blogspot.com/2013/03/news_3557.html
काठमान्डौ,फागुन,२५।
सन् २०१२ मा ९ सय १० ओटा माहिला हिसांका घटना भएको इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको छ । हिसांकै कारण एक सय ४४ जना महिलाले ज्यान गुमाउनु परेकोे प्रतिवेदनमा उल्लेख छ । राजधानीमा आज “महिला तथा बालिकाविरुद्ध हुने हिसांसम्बन्धी अध्ययन प्रतिवेदन २०६९” सार्वजनिक गर्दै इन्सेकले सन् २०१२ मा बालिका तथा किशोरीहरु पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यस वर्ष घरेलु हिसांका कारण चार सय ४७ जना महिलाहरु पीडित भएको र आफ्ने नातेदार र राज्यका महत्वपूर्ण निकायमा बस्नेहरुबाट पनि महिला हिसां भएको इन्सेकले जनाएको छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी घरेलु हिसांबाट महिलाहरु पीडित भएको पाइएको छ । विकास क्षेत्रका आधारमा मध्यपश्चिममा सबै भन्दा धेरै दुई सय ४६ जना घरेलु हिसांबाट पीडित भए भने सुदूरपश्चिमा अन्य जिल्लाका तुलनामा कम ३७ जना हिसांमा परेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागीहरुले महिला हिसां न्युनिकरण सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !