मेरा विरुद्धका १२ वटा कु–प्रचार: बाबुराम


काठमाडौं,  फागुन २५ ।
 प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई गोयवल्स शैलीमा कु–प्रचार गरेर बद्नाम गराउन खोजिएको गुनासो गरेका छन् । आफ्ना सहयोगी विश्वदीप पाण्डे माफर्त आफूलाई लागेका १२ वटा आक्षेपहरु सामाजिक सञ्जाल फेसबुक मार्फत आज सार्वजनिक गर्न लगाई भट्टराईले यस्तो गुनासो गरेका हुन् । सरकार ढल्ने चर्चापरिचर्चा चलिरहेका बेला भट्टराईले आफूलाई लागेका विभिन्न आरोप र आक्षेपको खण्डन गर्दै बचाउ गरेका छन् ।

प्रधानमन्त्री भट्टराईले यमी फाउण्डेसन भन्ने संस्थानै नरहेको जनाउँदै सरकारले कुनै सहयोग उपलब्ध नगराएको दाबी गरेका छन् । ‘यमी फाउण्डेसनलाई तीन करोड सरकारले दिएको’ मित्थ्या प्रचार गरिएको उनको आरोप छ । ‘जवकि यमी फाउण्डेसन भन्ने संस्थानै छैन र मन्त्रिपरिषद्ले त्यो नाम गरेको फाउण्डेसनलाई एक पैसा पनि दिएको छैन,’ उनले चौथो बुँदामा भनेका छन् ।
प्रधानमन्त्री भट्टराईले कांग्रेस सभपाति सुशील कोइरालालाई सहमतिको प्रधानमन्त्री बनाउने कुनै सहमति नभएको दाबी पनि गरेका छन् । उनले सहमतिको प्रधानमन्त्रीका लागि कोइरालालाई प्रचण्डले माने पनि बावुराम भट्टराईले स्वीकार नगरी सरकार लम्वाउन खोजेको भन्ने प्रचार गरिएको बताएका छन् । उनले भनेका छन्, ‘जवकि त्यस्तो कुनै सहमतिनै भएको थिएन र त्यो दुष्प्रचारको हावा आफै फुस्कियो ।’
उनले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर भारतसँग देश ‘मर्ज’ गर्न लागेको समाचार प्रकाशित गरी बद्नाम गरेको आरोप पनि लगाएका छन् । देशको अर्थतन्त्र ‘सवमर्ज’ हुन सक्छ भन्ने भनाईलाई वंग्याएर देशको नै ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु–प्रचार गरिएको भट्टराईको भनाई छ ।
त्यसै गरेर प्रधानमन्त्री भट्टराईले देशको ‘साँचो अन्तै रहेछ’ भनेर आफूले कहिल्यै नभनेको दाबी पनि गरेका छन् । ‘कपोकल्पित भनाई आविस्कार गरी आफ्नो देशभक्तिमाथि प्रश्न उठाउन खोजियो,’ पाण्डे मार्फत उनले भनेका छन्, ‘जवकि त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण कसैले पेश गर्न सकेको छैन ।’
त्रिभुवन विमानस्थलको स्तरोन्नति र सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई बुझाउन खोजेको कपोकल्पित प्रचार गरिएको भट्टराईको भनाई छ । ‘स्तर बृद्धिका लागि कुनै बिदेशी कम्पनीको लगानी भित्राउनु र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन्,’ उनले दाबी गरेका छन्, ‘यो जान्दा जान्दै गोयवल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजियो ।’
प्रधानमन्त्रीपत्नीको अगुवाइमा वालाजुको २२ धारा उद्यान मासिएको भन्ने आरोप पनि गलत रहेको भट्टराईले उल्लेख गरेका छन् ।
नातेदारहरुलाई विभिन्न पदमा नियुक्ति गरिका प्रचार पनि गलत रहेको बताएका भट्टराईले केयूकेएलमा दिदीसासु तिमीला यमीलाई आफूले नियुक्ति नगरेको दाबी गरेका छन् ।
उनले संविधानसभा विघठन नगरेको स्पष्ट पार्न खोजेका छन् । ‘संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको भन्दै धुंवाधार प्रचार गरियो,’ उनले भनेका छन्, ‘मलाई मानहानीको मद्दा लगाईयो ।’
त्रिशुली–३ ‘ए’ जलविद्युत योजनाको क्षमता बढाएर कमिसान खान खोजेको दुष्प्रचार गरेको प्रधानमन्त्री भट्टराईको गुनासो छ । उनले क्षमता बढाउँदा सस्तो र सुगम विजुली मार्फत मुलुकलाई धेरै फाइदा हुने तथ्यलाई लुकाउन खोजेको आरोप पनि लगाएका छन् ।
मन्त्रालयलाई वाइपास गरेर सेनालाई खुसी आफूले कहिल्य पहल नगरेको उनको भनाई छ । ‘हेलिकप्टर ल्याउन लागेको भन्ने प्रचार गरियो,’ उनले भनेका छन्, ‘हेलिकोप्टर किन्ने समितिमा रक्षा, अर्थ, नागरिक उड्डयन आदि मन्त्रालय रहने तथ्य लुकाउन खोजियो ।’
बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख शान्ति मन्त्रालय मार्फत द्वन्द्व पीडितलाई विशेष राहत प्याकेजको कार्यक्रम अन्तर्गत मन्त्रालयको प्रक्रियामा रहेको प्रधानमन्त्री भट्टराईले जनाएका छन् । उनले बाँदरमुडेका पीडितलाई रकम दिइसक्दा पनि नदिएको भन्दै पार्टी र अध्यक्षसँग आफ्नो अन्तरविरोध पार्ने किसिमवाट प्रचार गरेको भट्टराईले गुनासो गरेका छन् ।
‘गड्यौला दिन नसकेर केशव स्थापितलाई हटाइयो’ भन्ने प्रचार पनि गलत रहेको उनको भनाई छ । ‘जवकि स्थापितले सम्वन्धित निकायहरुसंग समन्वय गरेर काम गर्न नसकेका कारण विधिवत स्पष्टीकरण सोधेर, छानविन गरेर चित्तबुझ्दो जवाफ नआएपछि प्रकृयासम्मत ढंगले बिदा गरिएको थियो,’ उनले भनेका छन् ।

Related

राष्ट्रिय 4160069499469265674

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item