भुइँकटहर उत्पादनमा निरन्तर लाग्न किसानलाई सुझाव

http://sindhulidarpan.blogspot.com/2013/03/pineapple.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,फागुन २० ।
भुईँकटहर उत्पादन तथा बजार व्यवस्थापनका लागि नीतिगत तथा व्यवहारिक प्रयासहरु के–के गर्न सकिन्छ भन्ने विषयमा आज सिन्धुलीमाढीमा सरोकारवालाबीच छलफल गरिएको छ । जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीको आयोजनामा भएको छलफलमा बोल्ने बक्ताहरुले भूईकटहरको बजार व्यवस्थापनका लागि कुनै समस्या नभएकाले किसानहरुलाई यसैमा लाग्न आग्रह गरेका छन् ।

माग अनुसारको उत्पादन नपुगेको भन्दै जिल्ला विकास समिति सिन्धुलीका कार्यक्रम अधिकृत सागरकुमार ढकालले किसानहरुले भुईकहरको विरुवा रोप्न र उत्पादनमा मात्र ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष विनेशकुमार श्रेष्ठले भूइकटहरको उत्पादन हुन सकेमा बजारको कुनै समस्या हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै कृषि विकास कार्यालयका सुजन अंगाईले भुईकटहरमा रोग लाग्ने, बोट मर्ने गरेको कृषकबाट आएको गुनासोलाई सम्बोधन गर्दै कृषि कार्यालयबाट हुने प्राविधिक सहयोग तथा अन्य सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !