जन्ती बस दुघर्टनामा १५ को मृत्यु २५ घाइते


  पाल्पा,फागुन २१ ।
पाल्पाको राम्दी आमडाँडाबाट जन्ती लिएर पाल्पा चिदिपानी बुढीकोटी जाँदै गएको बस नायरनम्तलेस १ मा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । लु १ ख २७९५ नम्बरको बस सडकबाट करिब ४ सय मिटर तल खस्दा १५ जनाको मृत्यु भएको र २५ घाइते भएको पाल्पाका डिएपी स्थानेश्वर रेग्मीले बताउनुभयो ।  मृतक सबै चिदिपानी ७ का नागरिक रहेका छन् । दुर्घटनास्थलमै मृत्यु हुनेमा चिदीपानीका७ का ६० वर्षका बेदबहादुर बिर्कटा, सोही ठाउँका २७ वर्षकी कमला जर्घा, अन्दाजी २८÷२९ वर्षका लोकबहादुर सारु, १६ वर्षका नविना सूर्यबंशी, १७ वर्षका केशकुमारी बिर्कटा, २५ वर्षका योगेन्द्र चर्पी, २५ वर्षकै केशरी सारु, अन्दाजी ४५ वर्षका विष्णुबहादुर चर्पी छन् । 

यसैगरी १८ वर्षका नविन सूर्यवंशी, ३० वर्षकी लुलीसरा सारु, २६ वर्षका रमेश विक र गाडी चालक हमिन पाल्पाका अन्दाजी ३०÷३५ वर्षका मिलन विक रहेका छन् । उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु हुने तीन जनामा चिदिपानी ७ बस्ने १८ वर्षका सुरज न्यौपाने, सोही ठाउँका २५ वर्षकी रमादेवी सारु र ५६ वर्षका अमरहादुर जर्घा छन् । रातको समयमा दुर्घटना भएकोले अँध्यारोले गर्दा उद्धारमा समस्या भएको कठिनाई भएको र फेरि  बिहान दुर्घटनास्थल पुगेको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भिर छ र अन्य २०  यात्रुको पनि उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा उपचार भैरहेको छ । राती साढे ९ बजे भएको दुर्घटनामा उद्धार भएपनि कोही छुटेको छ भनेर अहिले प्रहरी घटनास्थलमा खोजतलासमा छ । बसमा ४२ यात्रु थिए ।

Related

राष्ट्रिय 8607705678918843248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item