बालिकाको समूहिक बलात्कार

http://sindhulidarpan.blogspot.com/2013/03/rape.html
झापा, फागुन २६ । झापा जिल्लामा एक जना बालिकाको तीन जना युवाले सामूहिक बलात्कार गरेका छन् । बलात्कार अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । शरणामति–१ स्थित बिरिङ खोलामा शरणामती–४ कि १४ वर्षीया शान्ति कार्की (नाम परिवर्तन) लाई शुक्रबार राती तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न शरणामती–५ का १८ वर्षीय वीरबहादुर बिक र २८ वर्षीय लालबहादुर बिकलाई पक्राउ गरेको जनाएको छ ।
बलात्कारमा संलग्न रहेका स्थानीय ३० वर्षीय फौजे बिक भने फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ । बलात्कृत शान्तिले प्रहरीमा उजुरी गरे पछि उनीहरु पक्राउ परेका हुन् । शान्तिको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !