दैनिक दुई घण्टा लोडसेडिङ घट्ने

http://sindhulidarpan.blogspot.com/2013/03/loardsheeding.html
काठमाडौं, फागुन २५ ।
सोमबारदेखि नेपाल विद्युत प्राधिकरणले दुई घण्टा लोडसेडिङ घटाउने भएको छ । फागुन–१७ देखि मर्मतका लागि उत्पादन बन्द गरिएको कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत आज (शनिबार) सम्पन्न भएपछि सोमबारदेखि लागू हुने गरी दुई घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए ।
माघ–२१ मा हप्तामा ८४ घण्टा लोडसेडिङ पुराएको प्राधिकरणले ७० घण्टामा झारेको हो । १४४ मेगावाटको कालीगण्डकी आयोजनाबाट करिब ५२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
माघ–२१ मा हप्तामा ८४ घण्टा लोडसेडिङ पुराएको प्राधिकरणले ७० घण्टामा झारेको हो । १४४ मेगावाटको कालीगण्डकी आयोजनाबाट करिब ५२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !