सिन्धुलीको ‘भ्वाँसेडाँडा’ ‘लाल बस्ति’ बन्ने


पोष्टराज पहाडी,
सिन्धुली,फागुन २६ ।
सिन्धुली – तत्कालिन जनयुद्धको समयमा विस्थापित बनेको सिन्धुलीको अमले – ३ को ‘भ्वासेडाँडा’ बस्ति अब ‘लाल बस्ति’ बन्ने भएको छ । जनयुद्धको समयमा सरकारी पक्षबाट सबैभन्दा बढी दमन भएको भनिएको अमलेको विशेष गरि भ्वाँसेडाँडा तथा पटमास, सिम्लेखोलालाई अहिले लालबस्ति बनाउनको लागि प्रयास थालीएको छ  ।
उक्त बस्तिलाई नमुना बस्ति बनाउने उदेश्यका साथ स्थापना भएको लाल बस्ति नमुना गाँऊ निर्माण संस्था त्यस क्षेत्रलाई ‘लाल बस्ति’ बनाउने योजनामा लागेको हो । त्यस क्षेत्रलाई नमुना बस्ति निर्माणका लागि नेपाल सरकार शान्ती तथा पुर्ननिर्माण मन्त्रालयले १ करोड रकम स्विकृत गरेको छ । उक्त स्विकृत एक करोड मध्ये हाल सम्म नेपाल सरकारले गत आर्थिक वर्ष ६८÷६९ मा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
नमुना बस्ति निर्माणका लागि अहिले सम्म त्यस क्षेत्रमा विद्युत विस्तारको काम सम्पन्न भएकोे लाल बस्ति नमुना गाँऊ निर्माण संस्थाका अध्यक्ष सुरत बहादुर स्याङ्तानले सिन्धुली सौगातलाई बताउनुभयो । उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन भएको विद्युत त्यस क्षेत्रमा विस्तारका लागि लाल बस्ति नमुना गाँऊ निर्माण संस्थाले ११ लाख रकम लगानी गरेको छ । साथै लाल बस्ति निर्माणका लागि यस वर्षको बजेट आइसकेपछि यातायातको क्षेत्रमा लागानी गर्ने अध्यक्ष स्याङ्तानको भनाई छ ।
लाल बस्ति निर्माणका लागि त्यहाँको गुरु योजना समेत निर्माण भइसकेको छ । जिल्ला प्राविधीक कार्यालय सिन्धुलीले ३ लाख रकम खर्च गरेर गुरु योजना तयार पारेको हो ।  हालको भ्वाँसेडाँडामा विभिन्न भौतिक योजनाहरुको निर्माण गर्ने, त्यस क्षेत्रमा विद्युत विस्तार, स्वास्थ्य, शिक्षा तथा रोजगार समेत सोही बस्तिमा उपलब्ध गराइने गूरु योजना रहेको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
त्यस क्षेत्रलाई लाल बस्ति बनाउनका लागि अहिले निर्माण भइरहेको पिपल भञ्ज्याङ् – हायुटार सडक मार्गले थप सहयोग गरेको छ । सोही बस्तिलाई छोएर जाने उक्त सडक मार्गले यातायात सुविधा विस्तारको लागि थप सहयोग गरेको स्थानीयको भनाई छ ।
तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको समयमा सरकारी पक्षबाट भएको दमन खप्न नसकी त्यहाँबाट उठेको बस्ति अझै पनि स्थापना हुन सकेको छैन । नेपाल सरकारले २०५५ सालमा माओवादीको आरोपमा त्यस क्षेत्रका स्थानीयलाई २४ घण्टे अल्टिमेटम दिएर वस्ति उठाएको थियो । अहिले लाल बस्ति बन्ने तरखरमा रहेको भ्वाँसेडाँडाका १४ घरपरिवार भने अझै त्यहाँ पुर्नस्थापीत हुन सकेका छैनन् ।
‘अहिले त्यस क्षेत्रमा भएका हाम्रा घरहरुको अवशेष बाँकी छैनन् । त्यही भएर पनि हामीहरु गाँऊ फर्कन नसकेका हौ ।’ विस्थापित परिवार मध्येकी एक पुर्ण कुमारी देवकोटाले भताउनुभयो ।

Related

स्थानिय 9130726676658284369

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item