सिन्धुली सरकारी गाडीको दुरुपयोग


पोष्टराज पहाडी,
सिन्धुली,फागुन २६ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आफुले पाएको सरकारी सवारी सुुविधाको दुरुपयोग गरेको पाइएको छ । शुक्रबार सार्वजनिक विदाको दिन जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले ‘ॐ शान्ती’ ले ७७ औँ महाशिवरात्रीको उपलक्ष्यमा निकालेको यात्रामा उक्त गाडी प्रयोग गर्न दिएर दुरुपयोग गरेको हो । सरकारी नम्बर प्लेटको ना १ झ ७५८८ नम्बरको उक्त गाडी निर्वाचन कार्यालयले ¥यालीमा प्रयोग गर्न दिएको हो ।

       निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत धर्मराज गैरेले ‘ॐ शान्ती’ सँग आवद्ध केही स्थानीयले प्रयोगका लागि गाडी मागेपछि आफुले दिएको बताउनुभयो ।  सरकारी प्रावधान अनुसार सरकारी सुविधाहरु सार्वजनिक विदाको दिन तथा अन्य व्यक्तिगत काम कर्वाहीका लागि प्रयोग गर्न पाइदैन ।

Related

फोटोखबर 3700699155503514928

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item