महोतरीको गौशाला बजारमा लाखौको चोरी


  महोतरी,फागुन २६ ।
महोतरीको प्रमुख ब्यापारी केन्द्र गौशाला बजारमे शुक्रबारराती लाखौको चोरी भएको छ  । गौशाला बडा नंम्बर २ स्थित प्रमुख बजार क्षेत्रमा रहेका शाह मोबाईल सेन्टरबाट करिब २ सय ५० थान मोबाईल चोरी भएको पसलका प्रोप्राईटर शसि कुमार शानुले जानकारी दिनु भएको छ । पिडित शानुका अनुसार २ सय थान चाईनिज मोबाईल ,३० थान नोकीया मोबाईल,२० थान लाभा मोबाईल लगाएत  नगद २५ हजार गरी करिब ३ लाख ५० हजार बराबरको चोरी भएको हो । 

आज बिहान पसल खोल्नका लागी आउदा खेरी पसलको सटर खुलेको र मोबाईलका खाली डब्बाहरु मात्र फेला परेको पिडित शानुले बताउनु भयो । ईलाका प्रहरी कार्यालय गौशाला घटना स्थलबाट मात्र ५ सय  मिटरको दुरीमा रहेपनी लाखौको चोरीभएपछि  स्थानिय ब्यापारीहरु त्रसित भएका छन । यता घटना संकास्पत रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको ईप्रका गौशालाले जनाएको छ ।

Related

विविध 874165924994771016

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item