सवारी दुर्घटनामा एकको मृत्यु


 कपिलवस्तु,फागुन २६ ।
पुर्ब पश्चिम लोकमार्ग अन्तरगत कपिलवस्तुको गजेहडा ७ दरखास्तमा आज बिहान ११ बजे भएको सवारी दुर्घटनामा एक जनाको मुत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तुको मोतिपुर ३ बनगाई बस्ने बर्ष २५ का कमल घिमिरे रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख ५४११ नम्बरको टकले बिपरित दिशातर्फ जादै गरेको लु १४ प २८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुईजना गम्भिर घाईते भएका थिए । 

दुबै घाईतेलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएकोमा एक जनाको उपचारकै क्रममा ज्यान गएको र अर्का एकलाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको ईलाका प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घाईते हुनेमा जिल्लाको भलवाड ३ बस्ने महेश काफ्ले रहनुभएको छ । सार्थै ट्रकले सोही दिशाबाट जादै गरेको ना ४ ख १८५१ नम्बरको बसलाई समेत ठक्कर दिएको छ । ठक्करबाट बसमा सवार केही मानिसहरु सामान्य घाईते भएका छन् । ठक्कर दिने टक र चालक सहित बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको  छ ।

Related

विविध 499137144291846821

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item