प्रेस चौतारीको नयाँ नेतृत्वका लागि मतदान अन्तिम चरणमा


काठमाण्डौ,फागुन २६ ।
विराटनगरमा  जारी प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि नयाँ नेतृत्वका लागि मतदान सुरु भएको हो ।  ५ सय ५ प्रनिनीधि जारी सातौं अधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । ५९ पदका लागि मतदान भएको छ ।

 अहिले सम्म ९० प्रतिशतभन्दा बढी मतदान सकिएको छ । सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि अध्यक्ष पदमा राजेन्द्र अर्याल र विष्णु रिजालको उम्मेद्वारी परेको हो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि शरद अधिकारी, दुर्गाप्रसाद शर्मा, बालकुमार नेपाल र प्रकाश खतिवडाको उम्मेद्वारी परेको छ । महासचिव पदमा माधव नेपाल, लक्की चौधरी प्रतिस्पर्धामा छन् । जम्मा ५९ पदको नयाँ कार्यसमिति चयनका लागि दिउँसो साढे १ बजेबाट सुरु भएको हो ।
                                

Related

विविध 674642288145342829

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item