प्रचण्ड र कोइरालासँग भारतीय नेताहरुको टोलीद्धारा छलफल


काठमाण्डौ,फागुन २६ ।
नेपाल भ्रमण रहेको भारतीय नेताहरुले प्रमुख दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भएको भेटवार्तामा नेपालको राजनीतिका वारेमा चासो राखेको छ । अध्यक्ष प्रचण्डसँग भएको बिहान उहाँकै निवासमा भएको भेटवार्तामा भारतीय नेताहरुले दलहरुबीच भइरहेको छलफल र विवादबारे चासो राखेको थियो । भारतीय नेताहरुको चासोबारे एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सहमतिको पहल भइरहेको र केहीदिनमा निकास आउने प्रतिवद्धता जनाउनुभयो । 

उहाँले भारतले सकारात्मक भूमिका खेलेको भन्दै सहयोगको अपेक्षा गर्नु भएको थियो । आजै भारतीय नेताहरुले  नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग पनि भेट गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा सहमतिय प्रक्रिया     विषयमा नै चासो राखेको थियो । भेटका सभापति कोइरालाले भने एकीकृत माओवादीलाई सहयोग गरेको चन्दै केही असन्तनुष्टि राखेको कोइराला निवासले जनाएको छ । भारतीय नेताहरुमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली, जनता दल युनाइटेडका महासचिव केसी त्यागी सत्तारुढ दल काङ्ग्रेस आईका  केन्द्रीय सदस्य सदस्य प्रकाश चौधरी लगायतका नेताहरु नेपाल भ्रमणमा आएका छन् ।

Related

राष्ट्रिय 8865056133507503738

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item