रामेछापमा रेडपाण्डा भेटियो


जिरी, फागुन २४ । अत्यन्तै दुर्लभ मानिने जन्तु रेडपाण्डा रामेछापको चुचुरेमा फेला परेको छ । स्थानीयवासिन्दाले बुधबार विहान जंगलमा घाँस लिन जाने क्रममा रेडपाण्डा देखेका हुन् । स्थानीयले चुचुरे–१, गर्जाङमा पर्ने धौले सामुदायिक वनमा रेडपाण्डा देखेको जानकारी दिनुभयो ।
रेडपाण्डा देखेपछि शिवालय प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिई गौरीशङकर संरक्षण क्षेत्रलाई बुझाईएको छ ।

पक्राउ गरिएको रेडपाण्डालाई विहीवार काठमाडौं चिडियाखानामा पठाईने गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । उहाँले जंगलमा अरु रेडपाण्डा पनि हुन सक्ने बताउनुभयो ।

Related

विविध 6263816515305837903

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item