महोत्तरीबाट सात हजारले एसएलसी दिने

http://sindhulidarpan.blogspot.com/2013/03/slc.html
महोत्तरी,फागुन २४ ।
चैत १ गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी परीक्षामा महोत्तरीबाट ७ हजार १ जना परीक्षार्थी सहभागी हुने भएका छन् । महोत्तरीबाट ६ हजार २ सय ५६ जना नियमति र सात सय ४५ जना एक्जाम्टेड परीक्षार्थी एसएलसीमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
परीक्षा सञ्चालनको लागि महोत्तरीमा २२ वटा परिक्षा केन्द्र निर्धारण गरिएको महोत्तरीका जिल्ला शिक्षा अधिकारी कृृष्ण पोखरेलले जानकारी दिनु भयो ।
परिक्षा सञ्चालनको लागि आवश्यक तयारी मिलाउँन फागुन २८ गते जिल्ला शिक्षा कार्यालय जलेश्वरमा सरोकारबालाहरुको छलफल बोलाइएको पोखरेलको भनाइ छ । यस बर्ष महोत्तरीमा होम सेन्टर नराखिएको र एक्जाम्टेड र रेगुलर परिक्षार्थीलाई सँगै परिक्षा दिने व्यवस्था मिलाईएको शिक्षा अधिकारी पोखरेलले बताउनु भायो । आज साँझ सम्ममा २२ वटै परिक्षा केन्द्रको लागि केन्द्राध्यक्ष तय हुँने बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !