शिवरात्रीमा १२ लाख आम्दानी

http://sindhulidarpan.blogspot.com/2013/03/shiva-ratri.html
काठमाण्डौ,फाल्गुन २५ ।
पशुपति बिकास कोषले आगामी आईतबार हुने शिबरात्री मेलाबाट १२ लाख नगद र ५ तोला भन्दा माथी सुन संकलन हुने जनाएको छ । शिवरात्री मेलाबारे जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा कोषले यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा संस्कृति मन्त्री पोष्ट वहादुर बोगटीले शिवरात्रीलाई अन्तराष्ट्रिय धार्मिक मेलाको रुपमा परिचित गराउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्री वोगटीले सरकारले शिवरात्रिलाई मर्यादित बनाउन हर सम्भव सहयोग गर्ने बताउनु भयो ।
शिवरात्री पर्वलाई व्यवस्थित वनाउन ५५ सय सुरक्षकर्मी परिचालन गरीने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शिवरात्रिका दिन विहान ३ वजे देखि ३ वटा ढोका खुल्ला गरीने र सो दिन १२ लाख भन्दा बढि दर्शनार्थीहरुले पशुपति दर्शन गर्ने अनुमान कोषले गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !