एसएलसीमा अमर्यादित कार्य गर्ने २ निरीक्षक र ९ व्यक्ति पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/03/slc_17.html
अछाम, चैत्र ४ ।
एसएलसी परीक्षाको तेस्रो दिन आज अछाम जिल्लाबाट ४ जना निरीक्षक र ९ जना चिट चोराउने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको षोडशादेवि उच्च मावि परीक्षा केन्द्रमा परीक्षा संचालन भैरहेको समयमा अमर्यादित कार्य गराउन संलग्न निरीक्षक चन्द्रकला विष्ट र टोपेन्द्र शाहीलाई निश्काशित गरीएको छ । परीक्षा संचालन
भैरहेको एक घण्टामै प्रश्नपत्र पनि बाहिरीएको थियो ।
प्रश्नपत्र बाहिर ल्याई चिट बनाउने कार्यमा संलग्न ९ जनालाई सदरमुकाम मंगलसैनको एक होटेलबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । त्यसैगरी जिल्लाको यशोदा उच्च माध्यमिक विद्यालय नेताकोट रामारोशन परीक्षा केन्द्रबाट पनि २ जना निरिक्षक निष्कासित भएका छन् । परीक्षामा अमर्यादित कार्य गराएको भन्दै जनक परियार र देवीराम न्यौपानेलाई निरिक्षक नरहने गरी निष्कासन गरिएको परीक्षा नियन्त्रकलाई उद्धृत गर्दै रेडियो रामारोशनवाट सहकर्मी पूर्ण बहादुर खड्काले जनाएका छन् ।
महोत्तरीको विभिन्न परिक्षा केन्द्रबाट आज ६ जना नक्कली निरीक्षकलाई निस्काश्न गरिएको छ । निस्कासन हुनेमा भोइल टिम्कीया माविमा नक्कली निरीक्षक बनि परिक्षा मर्यादा विपरित काम गरिरहेका नरेश प्रसाद यादव, प्रदिप सिंह, राजकपुर मंडल, रमेश चौधरी र उमेश भण्डारी लगायत ६ जना रहेका छन् ।
परिक्षामा अनियमितता गरेकाले यो सहित महोत्तरीमा हाल सम्म १३ जनालाई निस्काशन गरिएको जिल्ला शिक्षा अधिकारी कृष्ण पोखरेललाई उद्धृत गर्दै महोत्तरीबाट सहकर्मी अनु खनालले जनाएकी छिन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !