भीरबाट लडेर महिलाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/death_5389.html
जाजरकोट, चैत ४ । भीरबाट लडेर जाजरकोटमा एक महिलाको ज्यान गएको छ । ढिमे–३, तर्पेनाकी २२ वर्षीया कौशिला खड्काको लडेर मृत्यु भएको हो । खड्काको शनिवार बेलुका घरनजिकैको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गोठालोबाट फर्किदै गर्दा उनी भीरबाट लडेकी हुन् । उनको घटनास्थलमा ज्यान गएको स्थानीय प्रेमजंग सिंहले बताउनुभयो । खड्काका दुई सन्तान छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !