चिट चोर्दै चोराउदै सकियो एसएलसी


काठमाडौ,चैत ९ ।
माध्यामिक तहको अन्तिम खुट्कीलो मानिने यस बर्षको एसएलसी परीक्षा आजदेखि सकिएको छ । चैत्र १ बाट सुरु भएको एसएलसी  आज बिद्यार्थीहरुले ऐच्छिक द्धितियको परिक्षा दिएसंगै एसएलसी सकिएको हो ।

यसबर्षको एसएलसी परिक्षा गतबर्षको भन्दा कडा र सौहाद्र पुर्ण वातावरणमा सकिएको भनेर परिक्षा नियन्त्रण कार्यलयले दावी गरे पनि चिट चोर्ने र चोराउनेको संख्यामा यस बर्ष पनि कमि आउँन सकेन । अभिभाबकहरुले चिट चोराउन दिइएन भनेर चक्काजाम समेत गर्न भ्याएका थिए ।

यसबर्षको परीक्षामा देशभरबाट ५ लाख ४७ हजार १ सय ६५ जना विद्यार्थी सहभागि भएका थिए । जसमा नियमित तर्फ ४ लाख ३० हजार ९९ थिए भने इक्जाम्टेड तर्फ १ लाख १७ हजार ६६ बिद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।

Related

विविध 6598204060994846909

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item